| उजुरी मिति |
उजुरीकर्ताको नाम, ठेगाना |
उजुरी प्राप्त मिति |
उजुरीको संक्षिप्त व्यहोरा |
उजुरीमा भएको कारवाही |
| २०६६।०२।२९ |
माधव खड्का, नुवाकोट |
प्र।म।कर्यालयबाट प्राप्त मिति २०६६।०३।०४ |
ग्रामीणमुखी विकास गरी रोजगारी बढाउने नीति लिनुपर्यो । |
आगामी आ।व। को बजेटमा ग्रामीणमुखी विकास र रोजगारीको अवसर सृजना हुने कार्यक्रममा रकम विनियोजन गर्ने व्यवहोरा अनुरोध छ । |
| २०६६।०१।२५ |
केशर खड्का, रुकुम |
प्र।म। कर्यालयवाट प्राप्त मिति २०६६।०१।२५ |
माओवादी सरकारले रुकुम जिल्लाको लागि छुट्याएको विशेष राहत कार्यक्रमहरु - अध्यारोमुक्त जिल्ला, एक वर्षभित्र कालो पत्रे आदि) लाई यो सरकारले निरन्तरता देओस् । |
उपरोक्त कार्यक्रममा आगामी वर्षपनि रकम विनियोजन गर्न छलफलको क्रममा रहेको व्यहोरा अनुरोध छ । |
| २०६६।०२।३१ |
सुमन दाहाल, विराटनगर |
प्र।म। कर्यालयवाट प्राप्त मिति २०६६।०३।०५ |
२०- २५ वर्षपुरानो धरेलु उधोगलाई नयां प्रविधियुक्त बनाउनका लागि अबको बजेटमा सस्तो ब्याज दरमा - ६ प्रतिशत सम्म) ऋण दिने व्यस्था गरिदिएमा हामी उत्साहित हुने थियौ । |
यस मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा आवश्यक कारवाहीको लागि पर्ठाईएको व्यहोरा अनुरोध छ । |
| २०६६।०३।०१ |
विकास भट्टर्राई तेह्रथुम |
प्र।म। कर्यालयवाट प्राप्त मिति २०६६।०३।०५ |
देशमा वेरोजगारी समस्या वढी रहेको त्यसको लागि राहतको पहल गर्नुपर्यो । |
हाल युवा स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसर सृजना गरिएको र आगामी आ।ब।को बजेटमा समेत रोजगारीको अवसर सृजना हुने कार्यक्रममा रकम विनियोजन गरिने व्यवहोरा अनुरोध छ । |
| २०६६।०३।०१ |
बेल बहादुर सुनुवा, पर्वत |
प्र।म। कर्यालयवाट प्राप्त मिति २०६६।०३।०५ |
युवाहरुले पढेर पनि रोजगारी नपाई राखेको अवस्था छ । सरकारले युवाहरुलाई रोजगारीको अवसर दिलाई दिएमा बेरोजगारीको समस्या हल हुन्थ्यो । |
हाल युवा स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसर सृजना गरिएको र आगामी आ।ब।को बजेटमा समेत रोजगारीको अवसर सृजना हुने कार्यक्रममा रकम विनियोजन गरिने व्यवहोरा अनुरोध छ । |
| २०६६।२।२५ |
राजेश खनाल, पोखरा |
प्र।म। कर्यालयवाट प्राप्त मिति २०६६।२।२९ |
अबको बजेटमा महगी अनुसार कर्मचारीको तलब वृद्वि गरिनु पर्यो र तलब वृद्धि गर्दा प्रतिशतको अधारमा नभै अंकमा गरिनु पर्यो । |
अगामी आ।व।को बजेट मार्फत संबोधन गर्ने प्रयास गरिने व्यवहोरा अनुरोध छ । |