NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लाथ्व चतुर्थी - ४

परिचय

राजस्व नीतिको तर्जुमा, राजस्व सम्बद्ध कानूनहरूको निर्माण र परिमार्जन, राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारण र असुली अनुगमन लगायत समग्र राजस्व प्रशासनको बीचमा समन्वयको जिम्मेबारी यस महाशाखाको रहेको छ । अधिकतम राजस्व परिचालन गरी खर्चको आवश्यकता पूरा गर्न स्वस्थ राजस्व नीति निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिने गरिएको छ र यसका लागि राजस्व महाशाखा सदैव अग्रसर भई कार्य गरिरहेको छ । विकास निर्माणका आवश्यकतालाई परिपूर्ति गर्ने थप स्रोतको पहिचान र राजस्व प्रशासनको भूमिकालाई प्रभावकारी बनाई आन्तरिक राजस्वलाई देशको वित्तिय आवश्यकता पूर्ति गर्ने प्रमुख स्रोत बनाउने गरी राजस्व नीतिलाई समयसापेक्ष रुपमा परिमार्जन र परिस्कृत गर्ने दायित्व यस राजश्व महाशाखाको रहेको छ ।