कर प्रणालीलाई सरल बनाउने, करका आधार फराकिलो गर्ने र करका उपयुक्त दरहरु तोक्ने ।
कर प्रशासनको दक्षता र प्रभावकारीतामा सुधार गर्ने ।
प्राथमिकताप्राप्त क्षेत्रहरुको लागि बढी दक्ष, प्रभावकारी र न्यायोचित रुपमा साधनको बाँडफाँड गर्ने नीति अवलम्वन गर्ने ।
वित्तीय संस्था र वित्तीय उपकरणहरुको माध्यमबाट उत्पादन र बजारको सुदृढीकरण गर्दै सक्षम वित्तीय प्रणालीको विकास गर्ने ।
सरकारी स्वामित्वका संस्थानहरुलाई कुशल बनाउनको लागि विनिवेश नीतिका साथै आवश्यक अन्य नीतिहरु अवलम्वन गर्ने ।
पारदर्शी र उत्तरदायी आर्थिक तथा वित्तीय सूचना प्रणाली विकास गर्ने ।
सार्वजनिक क्षेत्रका कर्मचारीहरुको लागि प्रभावकारी र उचित प्रोत्साहन प्रणालीलाई संस्थागत गर्ने ।
प्रभावकारी सार्वजनिक खर्च नीतिहरुको तर्जुमा र कार्यान्वयन गर्ने ।
वैदेशिक सहायताबाट प्राप्त स्रोतहरुको व्यवस्थापनको लागि प्रभावकारी अनुगमन र मूल्यांकन प्रणालीलाई संस्थागत गर्ने ।
सार्वजनिक र निजी क्षेत्र वीच विश्वासको वातावरण कायम गर्दै समग्र आर्थिक विकासमा निजी क्षेत्रको संलग्नताको लागि अनुकूल वातावरणको सृजनामा सहयोग गर्ने ।
रणनीतिक उद्देश्यहरु
समग्र आर्थिक व्यवस्थापन प्रणालीको सुधार कार्यमा योगदान पु¥याउने,
आधारभूत स्वास्थ्य सेवा, प्राथमिक शिक्षा र ग्रामिण पूर्वाधार विकासमा लगानी अभिवृद्धि गरी गरिवी निवारणोन्मूख क्षेत्र अनुकूल हुने गरी सार्वजनिक खर्चको प्राथमिकीकरण गर्ने ।
कूल ग्राहस्थ उत्पादनको अनुपातमा राजस्व वृद्धिको समूचित वातावरण तयार गर्ने ।
प्रभावकारी र दक्ष सेवाको प्रत्याभूतिको लागि वजेट सहयोग उपलब्ध गराउने ।
अन्तराष्ट्रिय स्तरमा स्वीकृत वैदेशिक सहायता सम्वन्धी अनुवन्ध र प्रतिवद्धताहरुको आधारमा मागमा आधारित वैदेशिक सहयोग परिचालन गर्ने र वैदेशिक सहयोगको प्रभावकारितामा सुधार गर्ने ।
सार्वजनिक संस्थानहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्न ती संस्थानहरुमा प्रभावकारी वित्तिय व्यवस्थापक अभ्यासहरुको प्रत्याभूति गर्ने र तिनीहरुले प्रदान गर्ने सेवाहरुमा सुधार गर्ने ।
नेपाल सरकारको विनियोजन ऐन बमोजिम विभिन्न मन्त्रालय विभाग र निकायहरुको लागि गरिएको बजेट विनियोजन र तिनीहरुले प्रदान गर्ने सेवा प्रवाह प्रणालीको प्रभावकारितामा अभिवृद्धि गर्ने ।
सार्वजनिक संस्थानहरुको संचालनमा व्यवस्थापकीय कुशलता अभिवृद्धि गरी ती संस्थानहरुको उद्देश्यमूलक परिचालन गर्ने ।